राहतको विषयमा विवाद हुँदा गोली चल्यो

सिरहा । राहत वितरणका क्रममा विवाद हुँदा सिराहाको मिर्चेयामा सोमबार प्रहरीले गोली चलाएको छ ।

स्थानीवासिन्दा र प्रहरीबीच भएको झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण घाइते भएपछि प्रहरी ९ राउण्ड हवाई फायर गरेको हो ।

मिर्चेया ७ मा राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण बिथोल्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र ९ राउण्ड हवाई फायर गरेको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले जानकारी दिनुभयो ।

होहल्ला गर्नेहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि अश्रुग्यास र हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो ।

सोमबार, २२ बैशाख, २०७७, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर