इलाम २ मा उम्मेदवार बन्न रास्वपामा ६ जनाको दाबी

विराटनगर । बैशाक १५ गते हुने इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटीमा उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् । पार्टीले आन्तरिक रूपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६ जनाले निवेदन दिएका हुन ।

उम्मेदवारी दिनेहरूमा एक महिला र ५ पुरुष छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले निवेदन दिएका हुन ।

प्रारम्भिक उम्मेदवारीउपरको दाबी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टी स्रोतका अनुसार हालै माओवादी त्याग गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।

बुधबार, १४ चैत, २०८०, साँझको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर