महरालाई चार दिन हिरासतमा राख्न अनुमति

विराटनगर । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद दिएको छ ।

महरालाई पक्राउ परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार अदालत उपस्थित गराएको थियो ।

महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । सिआईबीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको भएपनि न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले चार दिन मात्र दिएको छ ।

महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको आरोप छ । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा थुनामै छन् ।

सोमबार, ०५ चैत, २०८०, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर