उपनिर्वाचनका लागि प्रदेशमा १९ र प्रतिनिधिसभातर्फ २० दल दर्ता

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन् भने प्रदेशतर्फ १९ वटा राजनितिक दल दर्ता भएका हुन ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत दल दर्ताको निर्णय भएको जानकारी दिएका छन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् । रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

सोमबार, ०५ चैत, २०८०, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर