नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

विराटनगर । नवनियुक्त तीन प्रदेशका प्रमुखले शपथ लिएका छन् ।

। उनीहरूले बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

मधेशको प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँले शपथ लिएका हुन् ।

यसअघि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष यी तीन जनाको नाम सिफारिस गरेको थियो ।

गठबन्धन परिवर्तन भएपनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।

यसअघि गत सोमवार मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम राष्ट्रपति पौडेलले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरेका थिए ।

बुधबार, ३० फागुन, २०८०, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर