काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मतदिन ह्विप जारी गरेको छ।
मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो।
रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ।
प्रधानमन्त्रीले भोली प्रतिनिधि सभाबाट विस्वासको मत लिँदैछन्।