कोरोना उपचार कोषमा भन्सार एजेन्ट महासंघको ५ लाख सहयोग

विराटनगर । भन्सार एजेन्ट महासंघ नेपालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ ।

महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले अर्थ सचिब श्री शिशिर कुमार ढुङ्गानालाई आज सिंहदरवारमा गई सो मूल्य बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष जय प्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्ष भरत राज घिमिरे, महासचिब विष्णुमणी खनाल र कार्यसमिति सदस्य एवं नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष शिशिरबहादुर गौतम सहितको उपस्थिति थियो ।

भेटमा यस विषम परिस्थितिमा भन्सार एजेन्टहरु आफ्नो कर्तव्यबाट बिमुख नभई जोखिमलाई बहन गर्दै भन्सार जाँच पास कार्यमा संलग्न रहेकोमा मानवीय जोखिमलाई कम गर्न सरकारबाट एजेन्टको बिमा गर्ने व्यवस्थाको समेत माग गरेको छ ।

आइतबार, २१ बैशाख, २०७७, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर