काठमाडौं । हिजो मात्रै मन्त्री नियुक्त भएकि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै उनी अमेरिका जाने भएकि ुहन् । यसअघि यस तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य जाने कार्यक्रम रहेको थियो ।
चौधरी मन्त्रालयमा आउनासाथै यसअघिका मन्त्रीसहित सरकारी टोली अमेरिका जान गरिएको तयारीबारे जानकारी दिइएको थियो । मन्त्रालय अन्तरगतको कामकाजको ‘ब्रिफिङ’ पनि लिइनसक्दै चौधरी अमेरिका जान तयार भएकी हुन् ।
मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि करिब एक हप्तासम्म मन्त्रीहरुले चालु कार्यक्रमहरुको अवस्था, नीति, योजना, कार्यक्रमहरुको जानकारी लिने प्रचलन रहेको मन्त्रालयका कर्मचारीहरु बताउछन् ।
बुधबार साँझ पदभार ग्रहण गरेलगत्तै उनले अमेरिका जान बिहीबार विहानको मन्त्रिपरिषद बैठकमा आफ्नो नाम मनोनयनका लागि प्रस्ताव पठाउन लगाएकी थिइन् । मन्त्रिपरिषद बैठकले चौधरीलाई मन्त्रीका रुपमा अमेरिका जान स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्राललयले जानकारी दिएको छ ।