सत्ता गठबन्धनमा सामेल हुने नहुने निर्णय लिन नेकपा एसको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न आज सचिवालय बस्न लागेको हो ।

नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गरेका थिए । अहिले बिहान सचिवालय बैठक ११ बजे बसेर सत्ता गठबन्धनमा सामेल हुनेरनहुने निर्णय लिने जनाइएको छ ।

त्यसअघि प्रचण्डसँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर हिजो प्रचण्ड र ओलीको संयुक्त भेटपछि सकारात्मक भएको नेकपा एसका महासचिव घनश्याम भुसालले जनाएका छन् ।

संयुक्त भेटपछि सहकार्यबारे सकारात्मक कुरा भएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

बुधबार, २३ फागुन, २०८०, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर