इक्युवालिटी कप महिला क्रिकेटको उद्घाटन खेलमा मोरङ र इलाम विजयी

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १५५ रनको स्कोर खडा गरेको थियो । मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सप्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।

१५६ रनको स्कोर पछ्याएको सप्तरीले १८.४ बलमा सबै विकेट गुमाइ ६९ रनमा सीमित भयो । सप्तरीकी सुस्मिता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बूले समान ३–३ विकेट लिइन् ।

दोस्रो खेलमा इलामले सिरहालाई ५ रनले पराजित गरेको छ । टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ गुमाइ १४६ रनको स्कोर खडा गरेको थियो । इलामको लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरी खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाइ १४१ रनमा सीमित भयो । सिरहाका लागि मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेट लिँदा जानुका खवासले १ विकेट लिइन् ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फाल्गुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागी रहेका खेल सम्योजक विशाल साहले बताए ।
लिगको आधारमा खेलाई प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल संयोजक साहले बताए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने संयोजक साहले बताए ।

बुधबार, २३ फागुन, २०८०, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर