प्रमुख प्रतिपक्षी दल एमालेले सचिवालयको आकस्मिक बैठक बालकोटमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसिरहेको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । ‘ बजगाईंका अनुसार बैठकमा टीआरसी विधेयक र समामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

सत्ता समीकरण बदल्ने तयारी गरेरै सत्तारूढ दलसँग पटकपटक वार्ता गरेपछि ओलीले यससम्बन्धी जानकारी दिन सचिवालयको बैठक बोलाएकोस्रोत बताउँछ ।

सत्ता गठबन्धनमा खटपट आएसँगै आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहित विपक्षी रास्वपा, जसपाका शीर्ष नेतासँग छलफल गरेका थिए ।

आजै टीआरसी विधेयक पारित गर्ने, सत्ता गठबन्धनको बैठक बस्ने तयारी छ ।

समीकरण फेरिन सक्ने तयारी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आइतबार पार्टीका मन्त्रीहरूलाई बोलाएर मन्त्री छोड्नेसम्मको तयारी गर्न निर्देशन दिएका थिए ।

सोमबार, २१ फागुन, २०८०, बिहानको ०९:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर