चितवन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसका नेता कृष्ण सिटौलालाई बनाउन सकिनेबारे यसअघि आफूले बोलेको भएपनि घटनाक्रम भिन्न तरिकाले अघि बढेको बताएका छन् ।
शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा खेलेको भूमिकाका कारण कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउन सकिनेबारे यसअघि आफूले बोलेको भएपनि घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनले बताएका हुन् ।
बिहीवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा धोका भएकोले आफू गम्भीर भएको बताएका हुन् । ‘घटनाक्रम भिन्न तरिकाले अघि बढेको’ भन्नेबारे भने उनले विस्तृत रुपमा खुलाएनन् ।
कांग्रेसले महासमिति बैठकबाट गठबन्धन गरिँदैन भनेर गरेको निर्णयको दस्तावेजमा माओवादी जनयुद्धका बारेमा बेमौसमी बाजालगायतले आशंका उत्पन्न भएको प्रचण्डले बताए ।