काठमाडौं । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सिमित भएको छ । बिहीवार कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो ।
१३ वटै उपसमूहको समूहगत परिसूचक राताम्य देखिएको छ । फाइनान्स उपसमूहको समूहगत सूचक सार्वधिक ३.२१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ ।