काठमाडौँ । इलाम र बझाङमा अगामि वैशाख १५ गते हुने उप निर्वाचनका लागिउपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता २०८० फागुन २४ गते देखि ३० गते सम्म गरीसक्नु पर्ने छ ।
त्यस्तै आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने सहायक प्रवक्ता उपसचिव एवम् डा. थानेश्वर भुसालले जानकारी दिए । २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।