राजेन्द्र महतोले गरे लोसपा परित्याग, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक नयाँ अभियानको घोषणा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । उनले केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका थिए ।

अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट जनाउदै गत मंसिरमा भएको केन्द्रीय समितिको बैठक समेत उनले बहिस्कार गरेका थिए ।

उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणासमेत गरेका छन् । तत्कालका लागि आफूले अभियान घोषणा गरे पनि त्यसले पार्टीको आकार भने ग्रहण गरिनसकेको उनले बताए । आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरू जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।​

सोमबार, १४ फागुन, २०८०, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर