मारवाडी प्रिमियर लिग हुने

विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेलमैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागी हुने भएको छ ।प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पशुंराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसबी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने टिमले नगद ६१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले २१ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताभर सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ दि म्याचलाई पनि पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिताभर उत्कृष्ट हुने खेलाडीहरुलाई विशेष पुरस्कार रहेको मञ्चले जनाएको छ ।प्रतियोगिताको गत वर्षको बिजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।

सोमबार, १४ फागुन, २०८०, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर