दमकमा थप परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

दमक । झापाको दमकका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

दमक नगरपालिका ३ का ६२ वर्षीय वृद्धमा कोभिड १९ पुष्टि भएपछि ७४ जनाको स्वाब संकलन गरी गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाले जनाएको छ ।

वृद्धको कन्ट्याक्टमा आएका थप २६ जनाको पीसीआर रिपोर्ट शनिबार नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।

यसअघि ५४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर