एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको हो : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताएका छन् ।

भविष्यमा राजनीतिक गठबन्धन गर्ने या नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने उनले बताए ।

सोमवार ललितपुरमा कांग्रेस महासमिति बैठकको उद्‌घाटन समारोहमा देउवाले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकतालगायत विषयमा ठोस मूल्याङ्कन र छलफल गरेर उचित निर्णय लिन सक्ने बताएका हुन् ।

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने या नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ’, देउवाले भने ।

प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो’, देउवाले भो, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेश भएका सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।’

सोमबार, ०७ फागुन, २०८०, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर