विराटनगर । नेकपा माओवादी केन्द्रले नाम र चुनाव चिह्न नफेर्ने भएको छ । विधान अधिवेशनले उक्त निर्णय गरेको हो। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न (गोलाकारभित्र हँसिया हथौडा) यथावत रहने बताएका हुन्।
विधान अधिवेशनका क्रममा बनाइएका समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएपनि केही समूहले सबै माओवादी मोर्चाहरूबीच एकताको पहल गरेर दुवै कुरा फेर्ने कुरा उठाएका थिए।
माओवादी नाम फेरेर केही समूहले नेकपा समाजवादी राख्नसमेत सुझाएका थिए।