शेखर कोइरालालाई झड्का, वडा सभापतिसहित ३ सय बढीले छाडे काँग्रेस

विराटनगर । नेपाली काँग्रेस बेलबारी नगरपालिका वडाका २ का वडा सभापति सहित ३ सय बढीले काँग्रेस परित्याग गरेका छन् । बुधवार उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । २०७९ को स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई जिम्मेवारी दिएको भन्दै पाटी परित्याग गर्ने घोषणा गरेका हुन् ।

‘ गत स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाहीको सिफारिस गर्दा पार्टीले उल्टै उनीहरूलाई नै संरक्षण गरेको छ,’ क्षेत्रीय प्रतिनिधि मणि सुन्दर थापाले भने ‘ काँग्रेसकै उम्मेदलाई हराउनेलाई कार्यवाहक सभापति समेत दिएपछि यो पाटीमा बस्न उपयुक्त ठानेनौ ।’पार्टी परित्याग गर्नेमा वडा सभापति बिचारी लिम्बु,वरिष्ठ उपसभापति राजकुमार धिमाल,अर्जुन कार्की,सचिव रेखबहादुर कोइराला,तरुण दल बेलबारी २ का सभापति अनिल कार्की,क्षेत्रीय प्रतिनिधि मणि सुन्दर थापा लगायत रहेका छन् । थापा गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार थिए । उनी झिनो मतले पराजित बनेका थिए । नेकपा एमालेका कृष्ण बहादुर गुरुङ १५५८ र थापाले १५३९ मत परिणाम पाएका थिए ।

काँग्रेस बाट वडा सदस्यमा दीपक लिम्बुले मात्रै चुनाव जितेका थिए । वर्तमान सभापति बिचारी लिम्बुलाई विना जानकारी हटाएर वडा सदस्य दीपकलाई कार्यवाहक दिएपछि वडा काँग्रेसमा भाँडभैलो भएको हो । दुई दिन अगाडी मात्रै नगर समितिका सभापति छत्र लिम्बुले उनलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।

‘सुनिल शर्माले पनि चुनाव जितेपछि कुनै सहयोग गर्नुभएन,’ काँग्रेसका वडा स्तरका एक नेताले भने ‘चुनाव जित्न हामी कार्यकर्ता चाहियो अहिले केहीलाई काख च्याप्ने र केहीलाई लात हान्ने काम भयो ।’ पाटी परित्याग गर्नेहरूले पनि कुनै पनि दलमा नगई स्वतन्त्र भएर राजनीति अगाडी बढाउने उनीहरूले बताएका छन् ।

बुधबार, ०२ फागुन, २०८०, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर