प्याब्सन स्पोर्ट्स मिटमा चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा शनिवार पनि पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदकसहित २३ अंकको साथ अग्रता कायमै राखेको हो ।

पूर्वाञ्चललाई सुन्दरहरैचामा रहेको सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदकसहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेस्ट स्कुलले १ स्वर्ण र दुई कस्य पदक ९ अंक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी रतुवामाइको मुनाल आदर्श, विराटनगरको मदरटेरेसा र ग्रामथान शारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा रहेका छन् । शनिवार भएको हाई जम छात्रातर्फ पूर्वाञ्चल एकेडेमीकी शीतल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेस्ट स्कुलकी प्रिन्सि बर्माले कस्य पदक जितेकी छिन् । यसैगरी हाई जम छात्रतर्फ ग्रामथानको शारदा स्कुलका भीम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकेडेमीका संगम बोहराले रजक पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजक पदक जितेका छन् ।

८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकेडेमीकी सृजना वि।कले स्वर्ण पदक जितेकी छिन् । सिद्धार्थ स्कुलकी मियोङसा राईले रजत पदक र पथरीको एभरेस्ट स्कुलकी युनिषा बुढाथोकीले कस्य पदक जितेकी छिन् । यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आदर्शकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन् । यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योति महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कस्य पदक जितेकी छिन् । फुटबलमा चार स्कुल फाइनलमा प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेका छन् । मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, हरैचा मोडल स्कुल फाइनलमा पुगेको हो ।

सनरे र सिद्धार्थ स्कुल जुनियरतर्फबाट र हरैचा मोडल स्कुल सिनियर तर्फबाट फाइनलमा पुगेको हो । जुनियरतर्फ विराटनगर जुट मिलको खेलमैदानमा शनिवार भएको पहिलो सेमिफाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जीवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए । सोही दिन भएको दोस्रो जुनियरतर्फको खेलमा विराटनगरको डिएसपी स्कुललाई टाई ब्रेकरमा ५–४ गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । निर्धातिर समयसम्म गोलरहित खेल बाराबारी भएपछि जितको छिनोफानो टाई ब्रेकरबाट भएको हो । यसैगरी सिनियरतर्फ भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपू सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए । बास्केटबलमा एभरेस्ट र बिकेभिएम फाइनलमा बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेस्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । एभरेस्ट स्कुलको खेल मैदानमा भएको शनिवार भएको पहिलो सेमिफाइनल खेलमा एभरेस्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९ सेटले हराउँदै एभरेस्ट फाइनलमा पुगेको हो । प्रतियोगिताको म्यान अफ द म्याच उत्सव कार्की घोषित भए ।

दोस्रो सेमिफाइनल खेलमा बिकेभिएम स्कुलले सेन्ट जोसेफ स्कुललाई ८७–१५ सेटले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच सन्तोष साह घोषित भए । बास्केटबलको उपाधिको लागि आइतबार एभरेस्ट र बिकेभिएम भिड्नेछ । भलिबलमा ६ स्कुल फाइनलमा भलिबल प्रतियोगितामा सिनीयर र जुनियर गरी ६ वटा स्कुल फाइनलमा पुगेको छ । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेस्ट स्कुल भलिबलको फाइनलमा पुगेको हो । कान्तिपुरले बेराइट ब्राइट फ्युचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेस्टले सिद्धार्थ स्कुललाई पराजित गरी एभरेस्ट फाइनलमा पुगेको हो । जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमुना स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ग्रामथानको शारदा स्कुललाई पराजित गर्‍यो । इन्द्रपुर नमुनाले राष्ट्र निर्माण स्कुललाई हरायो ।

टेबल टेनिसमा चार स्कुल फाइनलमा टेबल टेनिस प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेको छ । विराटनगरको बिकेभिएम, सगरमाथा, लिपिलुट र बुढानीलकण्ठ स्कुल फाइनलमा पुगेको हो । उच्च मावितर्फ छात्र सिङ्गल इभेन्टतर्फ बिकेभिएमका यथार्थ आचार्यले सगरमाथाका रजत रमन दवाडीलाई ११–५,७–११,११–६,१२–० सेटले पराजित गरी बिकेभिएम स्कुल फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनलमा सगरमाथाका उज्ज्वल तामाङले एभरेस्टका अनुज माझिलाई ११–५,११–७,७–११,११–८ सेटले पराजित गर्‍यो । माध्यमिक विद्यालय स्तरको को जुनियर ब्वाइज सिङ्गल तर्फ लिलिपुटका श्रीजल प्याकुरेलले एभरेस्टका सुशान्त मेहतालाई ९–११,८–११,११–८,११–९,१२–१० को सेटले हरायो । त्यसैगरी दोस्रो सेमिफाइनलमा बुढानीलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका पृथक् राज राईलाई ११–६,११–८,७–११,१०–१२,११–८ सेटले पराजित गर्‍यो । आइतबार टेबल टेनिसको फाइनल खेलहरू हुने टेबल टेनिस खेल संयोजक मणि भट्टराईले जानकारी दिए । सृजना र शीतल सर्वाधिक पदक जित्ने खेलाडी जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकेडेमीकी सृजना वि.क. र शीतल मगर भएकी छिन् ।

दोस्रो दिन शनिवार सम्म सृजना र शीतलले दुई विधामा समान २–२ स्वर्ण पदक जितेकी छिन् । सृजनाले लङ जम र ८ सय मिटर छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकी छिन् । हाई जम छात्रा र ज्या बलिङ थ्रो छात्रातर्फ पूर्वाञ्चल एकेडेमीकै शीतल मगरले स्वर्ण पदक जितेकी छिन् । शनिवार सम्म उनीहरूले समान २–२ स्वर्ण पदक जित्दै शनिवार सम्म सर्वाधिक स्वर्ण जित्ने खेलाडी भएकी छिन् ।

शनिबार, २७ माघ, २०८०, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर