७ सय मुस्लिम परिवारलाई शेखर कोइरालाको राहत वितरण

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले ७०० रोज़ेदार (रोजा ब्रतालु) मुस्लिम परिवारलाई शुभकामनासहितको कोसेली वितरण गर्नुभएको छ ।

कांग्रेसका युवा नेता तथा ह्युमानिटी फाउन्डेसनका अध्यक्ष सलिम अन्सारीको सहयोगमा कोइरालाले राहत वितरण गर्नुभएको हो ।

मुस्लिम समुदायमा अहिले चलिरहेको महान पर्व रमजानुल मुबारक अर्थात् ३० दिने ब्रतलार्इ मध्यनजर गर्दै ७०० पोका राहत वितरण गर्ने योजना बनाएको कोइरालाले बताउनु भएको छ ।

सोही अभियान अनुसार यसअघि बुढीगंगा गाउँपालिकाको सीतापुरमा स्थानीय नेता जित थापा मगरले २ सय मुस्लिम परिवारहरुलाई राहत वितरण गर्नुभएको थियो ।

राहत वितरणमा कांग्रेसका युवा नेता सलिम अन्सारी, रियाज अहमद, अनुप सापकोटा, सुरज चौधरी र नबिन हुसैन अंसारीद्वारा आज विराटनगरको धोवियारी मा १ सय परिवारलाई राहत वितरण गरिएको छ ।

अझै बाँकी रहेका ४ सय पोका राहत विकट क्षेत्रका विपन्नको घर–घर गएरर बाँड्ने योजना रहेको नेता सलिम अन्सारीले बताउनु भयो ।

शुक्रबार, १९ बैशाख, २०७७, रातीको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर