एमाले नेता नेम्वाङ अचानक बिरामी भएपछि हेलिकप्टरमार्फत काठमाडौँ लगिँदै

काठमाडौँ । एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी गरीएको छ ।

 एमाले ताप्लेजुङका इन्चार्ज रहेका नेम्वाङ जिल्ला कमिटीको सचिवालय बैठकमा अचानक ढलेका थिए ।

उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रेम गुरागाईँले जानकारी दिएका छन् ।

अचानक बिरामी परेपछि जिल्ला अस्पताल लगियो । प्रेसरले हानेको डाक्टरले जानकारी दिएका छन् । अहिले हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ’, उनको अवस्थाबारे जानकारी दिँदै उनले भने ।

एमालेका केन्द्रीय सदस्य नेम्वाङ पाँचथरमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बुधबार, १७ माघ, २०८०, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर