न्यूरोको स्वास्थ्य शिविरमा हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८ स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितिको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा सुखीपुर नगरपालिका सिराहा, जन जागृति युवा क्लब, सुखीपुर उद्योग व्यापार समितिको संयुक्त आयोजनामा शिविर भएको थियो । शिविरमा १ हजार १९ जना विरामीले स्वास्थ्य परीक्षण गराएको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १५ जना चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । अस्पतालका वरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. रन्जन थापा, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अमित देव, वरिष्ठ विशेषज्ञ रेडियोलोजिष्ट डा. निरज रेग्मी, विशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल , विशेषज्ञ न्युरो सर्जन डा. आशिषजंग थापा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निशा अधिकारी, छाला रोग विशेषज्ञ डा. रिचा शर्मा, आपतकालीन सेवा चिकित्सक डा. दिलकुमार लिम्बू, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमितप्रताप साह, फिजियोथेरापिस्ट डा. नविन चौधरीे, मेडिकल अफिसरहरु डा. स्वीटी यादव, डा.आकास दास, डा. अख्लख अन्सारी लगायतले विरामीको स्वास्थ्यजाँच गरेका थिए ।

एउटै छानामुनी न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानिय स्तरमा विरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानीय खुसी देखिएका थिए । स्वास्थ्य जाँच गरिएको विरामीको चिकित्सकको सिफारिस अनुसार निःशुल्क सुगर परीक्षण, इसिजी, अल्ट्रासाउण्ड, इइजी, एनसीभि, बिएमडी जाँच गरिएको थियो । शिविरमा पोषण सम्बन्धी परामर्शसमेत दिइएको थियो ।

त्यसैगरी शिविरमा आएका विरामीलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरेको थियो । न्युरो अस्पतालले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न स्थानमा गई विभिन्न उपकरणसहित निःशुल्क स्वास्थ्य शिविर गर्दे आएको छ ।

सोमबार, १५ माघ, २०८०, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर