काठमाडौं । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ ।
बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि संगठन सचिव मिलन लिम्बूद्वारा जारी प्रेस विज्ञप्तीमा संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो । प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई विज्ञपती मार्फत अग्रह गरिएको छ ।
संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्रह गरेको छ ।
साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरिएको छ ।