विराटनगरका उद्योगी राउतले २०० बेडको अस्पताल स्थापना गर्ने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।

सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारी थालेका हुन् ।

बिराटनगर र बुढिगङ्गा सिमानामा रहेको राउत कन्ट्रक्सनको परिसरमै अस्पताल निर्माण हुने राउतले जानकारी दिए । उनका अनुसार १६ कठ्ठा जमिनमा अस्पतालको संरचना निर्माण हुनेछ ।

अस्पतालको आज शिलान्यास गर्ने राउतको तयारी छ । सबै प्रकारका सुबिधा र विशेषज्ञ सेवा प्रदान गर्ने आर आर इटरनेशन्ल अस्पताल सुरुवाती चरणमा २०० शय्याको हुनेछ । अस्पताल २५० करोड रुपैयाँको लगानीमा बन्नेछ ।

राउतले होटल ब्यवसायमा पनि हात हालेका छन् । बिराटनगर र काठमाडौमा उनको तारे होटल निर्माणको चरणमा छ ।

बुधबार, ०४ पुष, २०८०, बिहानको ०८:४३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर