संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –४ स्थित सुन्तला जोन क्षेत्रमा सुन्तला उत्पादन बढाउन कृषकलाई स्थलगत तालिम दिइएको छ ।
सुन्तला उत्पादन बढाउन,सुन्तला बालीको भौगोलिक पहिचान तथा उत्पादन प्रविधि सम्बन्धी सुन्तला जोन क्षेत्रका सुन्तला कृषकलाई स्थलगत तालिम दिइएको हो ।
राष्ट्रिय फलपूmल विकास केन्द्र काठमाडौं र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाको आयोजनामा सुन्तला बाली विशेष स्थलगत तालिम दिइएको परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । सुन्लताको उत्पादन बढाउने र सुन्तला बालीमा नविनतम प्रविधिहरुको प्रर्दशनी गराउने उद्देश्यका साथ स्थलगत तालिम दिइएको प्रमुख गुरुङले बताए ।
सुन्तला उत्पादन बढाउन काट छाँट गर्ने प्रविधि र मालखातको उपयोगका बारेमा कृषकलाई जानकारी गराइएको छ । सुन्तला रोप्नेका लागि माटो तथा मलखात ब्यवस्थापन, विरुवाको छनौट, विरुवालाई आवश्यकता पर्ने खाद्य तत्वको बारेमा सुन्तला कृषकलाई जानकारी गराइएको थियो ।
सुन्तलालाई आवश्यक पर्ने खाद्य तत्व हड्डीको धुलो,नाइट्रोजन, फस्फोरस, पोटास, कपर,जिङ्क,बोरनआदीको प्रयोग गर्दा सुन्तला उत्पादन बढाउन सकिने बताइएको थियो । यो बर्ष संखुवासभामा करिव २८२ हेक्टर क्षेत्रफलमा सुन्ताल जोन कार्यक्रम लागु भएको छ ।
आर्थिक बर्ष २०८० ÷०८१ मा संखुवासभाका तीन स्थानीय तहका १० वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाले यो बर्ष गुणस्तरीय सुन्तला उत्पादन बढाउने लक्षसाथ ६८७ हेक्टरमा सिंचाई पूर्वाधार निर्माण गर्ने र सुन्तला प्याकेजिङ र बजारीकरणमा समेत कार्यक्रम समावेश गरिएको जनाएको छ ।