विराटनगर । हावा हाल्ने क्रममा गाडीको टायर पड्किएर विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारका २५ वर्षीय मोहमत हैदर अलि रहेका छन् । विराटनगर–१३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।
पुरानो टायरमा हावा हाल्ने क्रममा फलाम उछिटिएर उनको टाउकोमा लागेको थियो । उनको घटनास्थलमै ज्यान गएको हो ।