मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा.लि. (न्युरो हस्पिटल)ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको भन्दै आपत्ति जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।

न्यूरो अस्पतालसँग मिल्दो जुल्दो नाम राखेर विरामी ठगी गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए । न्युरो हस्पिटलसँग मिल्दोजुल्दो नाम राखी सेवाग्राहीहरुलाई गलत सूचना सम्प्रेषण गरेको उनको आरोप थियो । ‘बिडम्बनापूर्वक भन्नु परेको छ । यस अस्पतालमा पूर्णकालीन रुपमा कार्यरत बिशेषज्ञ डाक्टरहरुको बारेमा अफवाह फैल्याउने र उनीहरुको संस्थामा आवद्ध भएको भन्दै भ्रम पार्ने गरेको पाइएको छ । न्युरो अस्पतालको शाखा हो भन्नेदेखि मिल्दोजुल्दो विज्ञापन मार्फत प्रचारप्रसार गर्ने गरेको पाइएको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यसरी भ्रममा पारेर बिरामीहरुको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरेको गुनासोहरु पटकपटक आएको छ र त्यस विषयलाई हामीले विभिन्न फोरममा उठाउँदै आएका छौं ।’

पत्रकार सम्मेबलनमा न्यूरोको कुनै शाखा अस्पताल नरहेको र मिल्दोजुल्दो नाम राख्नेहरुसँग कुनै सम्बन्ध नरहेको जानकारी दिइयो । ‘त्यस्ता व्यतिm, समूहको कुनै आश्वासन, प्रलोभनमा नपर्न तथा कसैले पार्न खोजे न्युरो अस्पतालको आधिकारिक नम्बर ०२१– ४१७४८४, ०२१–४१६२६७ मा जानकारी गराउन अपिल गर्दछौ,’ जारी विज्ञाप्तीमा भनिएको छ ।

विराटनगरको एक अस्पतालले मृत घोषणा गरेको शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै विभिन्न संचार माध्यमहरुमा आएका समचार गलत भएकोले र उक्त हस्पिटल न्यूरो नभएको बताएको छ ।

बुधबार, २७ मंसिर, २०८०, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर