राष्ट्रिय युवा मञ्च अध्यक्षमा धिमाल

कानेपोखरी । राष्ट्रिय युवा जागरण मञ्च कानेपोखरीको अध्यक्षमा प्रकाश धिमाल चयन भएका छन् । मोरङको कानेपोखरी गाउँपालिकास्थित नेपाल आदिवासी जनजाती भवनमा भएको भेलाले धिमाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा भूमी कुमार दुलाल, रत्निमाया धिमाल, बिध्यानन्द चौधरी, सचीव सन्जिब काफ्ले, सह– सचीव खगेन्द्र बराईली, कोषाध्यक्ष सुरज रौनियार रहेका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा सुजन नेपाल, अनिश न्यौपाने, डिल्ली कटुवाल र दिपक माझी रहेका छन् ।

मञ्चको संरक्षकमा मनोज कुमार राजबंशी र सल्लाकार समितिको संयोजकमा भोजबिर माझी रहेका छन् । मञ्चले स्थानीय तहमा सामाजिक रुपान्तरण र जनचेतना मुलक कार्यक्रम गर्ने अध्यक्ष धिमालले जानकारी दिए । उनले बेरोजगारी युवाहरूलाई स्वरोजगार बनाइ कुलत, दुव्र्यसनीमा लागेका युवालाई सचेतना गोजाउने उनको भनाइ छ ।

बुधबार, १७ बैशाख, २०७७, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर