विराटनगर । सुनसरी इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरिदिन याचना गरेका छन् । दुवै मृगौलाले काम गर्न छोडेपछि समस्या झेल्दै आएका पत्रका दियालीले फेल भएकोले पत्रकार दियालीले उपचारका लागि सरकार, समाजिक संघ सँस्था र दयालु दाताहरुसँग सहयोगको याचना गरेका हुन् ।
सुनसरीको इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आप्mनो दुबै मृगौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक हैसियत नभएकोले सहयोग गर्न सबैलाई अनुरोध गरेको बताए ।मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रिय र प्रदेश समितिलाई उनले अनुरोध गरिसकेका छन् ।
पत्रकार दियाली उच्च रक्त्तचाप र मधुमेहका विरामी पनि हुन् । लामो समय प्रेसर र डाइबेटिजको कडा औषधि सेवन गरेकै कारण आप्mनो मृगौला खराब भएको हुनसक्ने उनले बताए । ४८ वर्षे पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए ।पत्रकार दियालीकाअनुसार उनी संकटकालको समयमा तीन महिना प्रहरी हिरासतमा परेका थिए । उनलाई ३३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियाली हाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनी नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य हुन् । पत्रकार दियाली दलित हकहितका लागि सक्रिय रुपले लागिपर्दै आएका व्यक्ति हुन् । उनले सम्पत्तीका नाममा आफूसँग इटहरीमा एउटा सानो घरबाहेक केही नभएको बताए ।श्रीमती र एक छोरा उनीसँगै आश्रीत छन् । उनकी श्रीमतीले चियाखाजा पसल सञ्चालन गरेर यतिबेला खानसम्मको व्यवस्था मिलाउँदै आएकी छन् ।