विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो ।
मुख्यमन्त्री केदार कार्कीले कार्तिक १ गते विश्वासको मत लिएका थिए । प्रदेशसभाको बैठकको कार्यसूची भने के हुने भन्ने विषय उल्लेख गरिएको छैन । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको जनाएका हुन् ।