मैले कसैविरुद्ध लाखौँ जनता सडकमा उतार्छु भनेको होइन प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनपरिचालन कसैका विरुद्धको प्रदर्शन वा संघर्ष नभएको स्पष्ट पारेका छन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधवार चाडबाडका अवसरमा गरेको चियापानमा सहभागी हुने क्रममा प्रचण्डले भने ‘ अहिले हाम्रो पार्टीको देशभरि नै कडा स्तरमा जनपरिचालन कार्यक्रम चलिरहेको छ । त्यसैलाई पालिका र ३ वटा प्रदेशले मिलेर काठमाडौंमा एकैपटक जनपरिचालन गर्ने भन्न खोजेको हुँ । यसैलाई मिडियाले गलत ढंगले प्रचार गरे । ’

गत भदौमा सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनता सडकमा उतार्ने बताएका थिए । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने उनको उद्घोष थियो ।

समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले दिएको उक्त अभिव्यक्ति सरकार ढाल्न खोज्ने शक्तिहरूका विरुद्ध थियो ।

प्रधानमन्त्री प्रचण्डले सो जनपरिचालन कसैका विरुद्धको प्रदर्शन वा संघर्ष नभएको स्पष्ट पारे ।

बुधबार, १५ कार्तिक, २०८०, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर