चाडबाडबाटै प्लास्टिक निषेध थालौं

  गणेश लम्साल

संयुक्त राष्टसंघ विकास परियोजना (युएनडिपी) अन्तर्गत रहेको संसद सहयोग परियोजना (पिएसपी) ले आजकल आफना कार्यक्रमहरुमा सकभर प्लास्टिकको प्रयोग निषेध गर्न थालेको छ । उसले कार्यक्रमहरुका ब्यानर प्लास्टिको फ्लेक्समा हैन कपडामा लेखाउने र टेबलमा प्लाष्टिका बोतल सजाएर हैन सिसा र धातुका जग तथा गिलासमा पानी राख्न अभ्यास गरिरहेको छ । सकभर भाँडाकुडादेखि फर्निचर लगायतका सामग्रीहरु पनि प्लाास्टिकको प्रयोग नगर्न होटल र कार्यक्रम आयोजकहरुलाई आग्रह गर्ने गरेको छ । यसले गर्दा विराटनगरका केही नाम चलेका होटलहरुले टेबलमा पानीको बोलतमा राख्नुको साटो सिसा वा धातुका जगमा पानी सर्भ गर्न थालेका छन् । यो अभ्यासले ग्राहकहरुले चाहेमा सार्वजनिक पसल र होटलहरुबाट प्लास्टिकको खपतलाई बिस्तारै कम गराउन सकिनेरहेछ भन्ने सन्देश दिइरहेको छ । हेर्दा सानो भए पनि अनुकरणीय उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।

रसायन विज्ञहरुकाअनुसार प्लास्टिकलाई रासायनिक भाषामा ‘पोलिइथिन’ भनिन्छ किनकि यो असन्तृप्त हाइड्रोकार्बन इथिनलाई रासायनिक प्रतिक्रया गरी पोलिमरमा रूपान्तर गरी बनाइएको हुन्छ । यसैले यो मानव स्वास्थ्यका लागि मात्र नभएर पर्यावरणका लागि पनि अत्यधिक हानिक मानिन्छ । तथ्यहरुकाअनुसार प्लास्टिक बनाउन मात्र संसारमा १ वर्षमा करिब ६ करोडदेखि १० करोड ब्यारेल इन्धन जलेर (डिजेल पेट्रोल) खर्च हुन्छ । जसले इन्धनको स्रोत घटाउने मात्र नभै पृथ्वीमा वायु प्रदुषण अत्यधिक बढाउँछ र हरितगृहमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछ । नेचुरल इन्भारोमेन्टको खोजले बताए अनुसार जथाभावी प्याँकिएका प्लाष्टिकका सामग्रीहरुले गर्दा बर्सेनी लाखौं समुन्द्री जीवहरु प्लास्टिकलाई भुलवस खाएर वा प्लास्टिकको झोला भित्र थुनिएर मर्नेगरेका छन् । बिशेष गरी कछुवा प्रजातिको जीव प्लाष्टिकबाट धेरै पीडित हुँदै आएको छ । अनुसन्धान अनुसार प्रशान्त महासागरमा मात्रै प्लास्टिक तैरिएर ओगटेको क्षेत्रफल अमेरिका देशको पूरा क्षेत्रफल भन्दा दुई गुणा बढि छ ।

अर्कोतिर धेरै मानिसहरुले प्रयोग भैसकेका प्लाष्टिकका सामग्रीहरु जलाउने गरेका छन् । जसलाई उनिहरुले सजिलो र सुरक्षित उपाय मान्नेगरेका छन् । तर प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासहरु नाइट्रोजन अक्साइड, सल्फरडाइ अक्साइड, डायोक्जिन, वाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिले वातावरण प्रदुषित मात्र बनाउँदैन मानिसहरुमा श्वासप्रश्वास र क्यान्सर रोगको जोखिम पनि बढाउँछ । पर्यावरण विज्ञहरुका अनुसार प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनको लागि कम्तिमा पनि चार सय वर्ष लाग्छ । चार सय वर्षसम्म जमिन र पानीमा रहिरहने हुँदा प्लाष्टिकले जमिनको पोषकत्वलाई नष्ट गर्ने र उत्पादनको क्षेत्रफललाई संकुचनका साथै बाधा पु¥याउँछ । प्लाष्टिकले पानीलाई पनि प्रदुषित बनाउने भएकोले यसको प्रयोगलाई घटाउँदै लैजानु अनिवार्य छ ।

हामीले आजकल यात्रा गर्दा होस् वा घर तथा सार्वजनिक स्थलहरुमा पानी र पेय पदार्थ प्लास्टिकका बोतलमै प्रयोग गरिआएका छौं । जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुनसक्छ । विज्ञहरुकाअनुसार यसले क्यान्सर, रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ‘हाइपोथाइराइडिज्म’ तथा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । प्लास्टिकको खराब रसायनले मानिसको इम्युनिटी क्षमतालाई पनि कमजोर बनाउँछ ।

वषांैदेखि हामीले यत्रतत्र सर्वत्र प्रयोग गर्दै आएको प्लास्टिको प्रयोग हाम्रो स्वास्थ्य र पर्यावरणको सुरक्षाका लागि कति हानिकारक रहेछ भनेर अब हामीले बुझन अटेर गर्नुहँुदैन । यसैले अब हामीले भनेर हैन आफ्नै व्यवहारबाट कम गर्दै लैजानु पर्छ । युनडिपीले थालेको प्रयासलाई अनुकरण गर्न थाल्नुपर्छ । सबैको प्रयत्नबाट प्लास्टिकको प्रयोग घट्ने, ब्रम्हाण्डलाई दुषित हुनबाट जोगाउने र स्वच्छ हावायुक्त पृथ्वी बनाउने कार्यमा सहयोग पुग्न सक्छ ।

अर्कोतिर यसले स्वदेशमै निर्माण हुने धातुका भाँडाकुँडाहरुको उपयोग बढाउँछ । उद्यमशीलता र कृषि उत्पादनको उपयोग हुन्छ । अब त बुझनैपर्छ । हामीले प्रयोग गरेर जथाभावी फालेका प्लाष्टिका सामग्री हाम्रालागि मात्र नभएर सारा विश्वकालागि हानिकरक रहेछ भनेर । यसैले अब चाडबाडमा होस् या अरुबेला पनि सकेसम्म प्लास्टिकको कम प्रयोग गरौं, प्रयोग गरेपछि पनि जथाभावी नफालौं । यति आनीबानी सुधार्न कुनै अभियान पर्खनु पर्दैन चाडबाडबाटै सुरुवात गरौं ।

सोमबार, २९ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर