लोड हुँदैछ...

मेनु

चाडबाडबाटै प्लास्टिक निषेध थालौं

चाडबाडबाटै प्लास्टिक निषेध थालौं

संयुक्त राष्टसंघ विकास परियोजना (युएनडिपी) अन्तर्गत रहेको संसद सहयोग परियोजना (पिएसपी) ले आजकल आफना कार्यक्रमहरुमा सकभर प्लास्टिकको प्रयोग निषेध गर्न थालेको छ । उसले कार्यक्रमहरुका ब्यानर प्लास्टिको फ्लेक्समा हैन कपडामा लेखाउने र टेबलमा प्लाष्टिका बोतल सजाएर हैन सिसा र धातुका जग तथा गिलासमा पानी राख्न अभ्यास गरिरहेको छ । सकभर भाँडाकुडादेखि फर्निचर लगायतका सामग्रीहरु पनि प्लाास्टिकको प्रयोग नगर्न होटल र कार्यक्रम आयोजकहरुलाई आग्रह गर्ने गरेको छ । यसले गर्दा विराटनगरका केही नाम चलेका होटलहरुले टेबलमा पानीको बोलतमा राख्नुको साटो सिसा वा धातुका जगमा पानी सर्भ गर्न थालेका छन् । यो अभ्यासले ग्राहकहरुले चाहेमा सार्वजनिक पसल र होटलहरुबाट प्लास्टिकको खपतलाई बिस्तारै कम गराउन सकिनेरहेछ भन्ने सन्देश दिइरहेको छ । हेर्दा सानो भए पनि अनुकरणीय उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।

रसायन विज्ञहरुकाअनुसार प्लास्टिकलाई रासायनिक भाषामा ‘पोलिइथिन’ भनिन्छ किनकि यो असन्तृप्त हाइड्रोकार्बन इथिनलाई रासायनिक प्रतिक्रया गरी पोलिमरमा रूपान्तर गरी बनाइएको हुन्छ । यसैले यो मानव स्वास्थ्यका लागि मात्र नभएर पर्यावरणका लागि पनि अत्यधिक हानिक मानिन्छ । तथ्यहरुकाअनुसार प्लास्टिक बनाउन मात्र संसारमा १ वर्षमा करिब ६ करोडदेखि १० करोड ब्यारेल इन्धन जलेर (डिजेल पेट्रोल) खर्च हुन्छ । जसले इन्धनको स्रोत घटाउने मात्र नभै पृथ्वीमा वायु प्रदुषण अत्यधिक बढाउँछ र हरितगृहमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछ । नेचुरल इन्भारोमेन्टको खोजले बताए अनुसार जथाभावी प्याँकिएका प्लाष्टिकका सामग्रीहरुले गर्दा बर्सेनी लाखौं समुन्द्री जीवहरु प्लास्टिकलाई भुलवस खाएर वा प्लास्टिकको झोला भित्र थुनिएर मर्नेगरेका छन् । बिशेष गरी कछुवा प्रजातिको जीव प्लाष्टिकबाट धेरै पीडित हुँदै आएको छ । अनुसन्धान अनुसार प्रशान्त महासागरमा मात्रै प्लास्टिक तैरिएर ओगटेको क्षेत्रफल अमेरिका देशको पूरा क्षेत्रफल भन्दा दुई गुणा बढि छ ।

अर्कोतिर धेरै मानिसहरुले प्रयोग भैसकेका प्लाष्टिकका सामग्रीहरु जलाउने गरेका छन् । जसलाई उनिहरुले सजिलो र सुरक्षित उपाय मान्नेगरेका छन् । तर प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासहरु नाइट्रोजन अक्साइड, सल्फरडाइ अक्साइड, डायोक्जिन, वाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिले वातावरण प्रदुषित मात्र बनाउँदैन मानिसहरुमा श्वासप्रश्वास र क्यान्सर रोगको जोखिम पनि बढाउँछ । पर्यावरण विज्ञहरुका अनुसार प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनको लागि कम्तिमा पनि चार सय वर्ष लाग्छ । चार सय वर्षसम्म जमिन र पानीमा रहिरहने हुँदा प्लाष्टिकले जमिनको पोषकत्वलाई नष्ट गर्ने र उत्पादनको क्षेत्रफललाई संकुचनका साथै बाधा पु¥याउँछ । प्लाष्टिकले पानीलाई पनि प्रदुषित बनाउने भएकोले यसको प्रयोगलाई घटाउँदै लैजानु अनिवार्य छ ।

हामीले आजकल यात्रा गर्दा होस् वा घर तथा सार्वजनिक स्थलहरुमा पानी र पेय पदार्थ प्लास्टिकका बोतलमै प्रयोग गरिआएका छौं । जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुनसक्छ । विज्ञहरुकाअनुसार यसले क्यान्सर, रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ‘हाइपोथाइराइडिज्म’ तथा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । प्लास्टिकको खराब रसायनले मानिसको इम्युनिटी क्षमतालाई पनि कमजोर बनाउँछ ।

वषांैदेखि हामीले यत्रतत्र सर्वत्र प्रयोग गर्दै आएको प्लास्टिको प्रयोग हाम्रो स्वास्थ्य र पर्यावरणको सुरक्षाका लागि कति हानिकारक रहेछ भनेर अब हामीले बुझन अटेर गर्नुहँुदैन । यसैले अब हामीले भनेर हैन आफ्नै व्यवहारबाट कम गर्दै लैजानु पर्छ । युनडिपीले थालेको प्रयासलाई अनुकरण गर्न थाल्नुपर्छ । सबैको प्रयत्नबाट प्लास्टिकको प्रयोग घट्ने, ब्रम्हाण्डलाई दुषित हुनबाट जोगाउने र स्वच्छ हावायुक्त पृथ्वी बनाउने कार्यमा सहयोग पुग्न सक्छ ।

अर्कोतिर यसले स्वदेशमै निर्माण हुने धातुका भाँडाकुँडाहरुको उपयोग बढाउँछ । उद्यमशीलता र कृषि उत्पादनको उपयोग हुन्छ । अब त बुझनैपर्छ । हामीले प्रयोग गरेर जथाभावी फालेका प्लाष्टिका सामग्री हाम्रालागि मात्र नभएर सारा विश्वकालागि हानिकरक रहेछ भनेर । यसैले अब चाडबाडमा होस् या अरुबेला पनि सकेसम्म प्लास्टिकको कम प्रयोग गरौं, प्रयोग गरेपछि पनि जथाभावी नफालौं । यति आनीबानी सुधार्न कुनै अभियान पर्खनु पर्दैन चाडबाडबाटै सुरुवात गरौं ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।