सोनापुर निनिरल्सको आईपीओ भर्ने आज अन्तिम दिन

विराटनगर । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन बन्द गरेको छ ।

असोज १४ देखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित दाङ र रोल्पाका स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो । कम्पनीको आईपीओमा १७ असोजसम्म मात्रै आवेदन दिने म्याद भएपनि १६ असोज साँझसम्म करिब ८५ लाख कित्ता सेयरको लागि मात्रै आवेदन परेपछि १७ असोजमा सूचना प्रकाशित गर्दै २८ असोजसम्म म्याद थप गरेको थियो ।

तर, १७ असोज साँझसम्म मागभन्दा बढी आवेदन परेपछि कम्पनीले आज साँझ ५ बजेपछि आईपीओमा आवेदन बन्द गर्ने सूचना प्रकाशित गरेको छ । आज बिहानसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

बिहिबार, १८ असोज, २०८०, दिउँसोको १२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर