विराटनगर । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ । केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि गर्ने नेपाल आयल निगमको निर्णय कार्यान्वयन नगरी पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य निर्धारण गर्ने निर्णय गरेको महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए ।
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरी खरिद मूल्यमा निश्चित प्रतिशत मुनाफा राखि मूल्य समायोजन गर्दै आएको थियो । त्यस क्रममा शनिबार रातिबाट लागु हुने गरी निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ, डिजेल र मट्टिटेलमा ६ रुपैयाँ तथा पेट्रोलमा २ रुपैयाँका दरले मूल्य बढाएको थियो ।
चाडबाडको मुखमा पेट्रोलियमको मूल्यवृद्धि भर्एपछि सरकारको चौतर्फि आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्डले चाडको बेलामा सरकारसँग सल्लाह नगरी मूल्य बढाएको भन्दै निगम महाप्रबन्धक दिनेश थानीलाई बोलाएर हप्काएको समाचारहरु सार्वजनिक भएका छन् ।