जेष्ठ नागरिकलाई निःशुल्क औषधी

विराटनगर । विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क औषधी र सेनिटाइजर वितरण गरेको छ ।

आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई शनिबार दीर्घरोगको औषधी, फिनेल, सेनिटाइजर र साबुन वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढाकालले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरूलाई एक महिनासम्म पुग्ने दीर्घरोगको औषधी वितरण गरिएको संघले जनाएको छ । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न ५ लिटर सेनिटाइजर, ८ वटा ग्यास सिलिण्डरसमेत वितरण गरिएको छ ।

आश्रममा रहेका दीर्घरोगीका विरामीहरूलाई औषधी अभाव भएपछि औषधी व्यवसायीले दम, सुगर, पेसरलगायतको औषधी निःशुल्क वितरण गरिएका हो । आश्रममा ५२ जना जेष्ठ नागरिक रहेका छन् ।
औषधी व्यवसायी सुशिल घिमिरे, मनोज पौडेल, जयप्रकाश राय, महेश मण्डल, चन्नु गुप्ता, दिपेन्द्र मण्डल, सन्तोष बुढाथोकी, रामदेव साहलगायतको उपस्थिति रहेको थियो ।

शनिबार, १३ बैशाख, २०७७, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर