विराटनगर । स्थानीय घरेलु तथ युवा महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु बिक्रीका लागि हरेक शनिबार उद्योग संगठन मोरङ परिसरमा बजार लगाइने भएको छ । प्रत्येक शनिबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म तिनपैनी बन्जराचोकमा रहेको उद्योग परिसरबाट बिक्री गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा यस क्षेत्रका साना उद्योग तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरु त्यहाँबाट बिक्री गरिने छ । भदौ १६ गतेदेखि हरेक शनिबार मेरो देश मेरो उत्पादन भन्ने अभियानलाई निरन्तरता दिइन लागेको संगठनले जानकारी दिएको छ ।
युवा तथा महिलाहरुमा रहेको सीपलाई प्रयोग गरेर उत्पादित घरेलु वस्तुहरुको बजार प्रवद्र्धन गरिदिने उद्देश्यले शनिबारीय बजारको अवधारणा अगाडि बढाइएको हो । घरमै बसेर गरिने उत्पादनलाई बजारसम्म लैजान सकेमा आर्थिक लाभ लिन सकिन्छ भन्ने सन्देशसहित महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकले लिएको छ । यसले स्वरोजगार अभिवृद्धि गर्नुका साथै आय आर्जनको मार्ग प्रशस्त हुने छ ।
संगठनको प्राङगणमा आयोजना हुने शनिबारीय बजारमा कम्तिमा १७ र बढीमा २१ ओटा स्टल रहने छन् । उत्पादन बिक्री गर्न चाहनेहरुले प्रतिस्टल ३०० रुपैया“ तिरेर लिन सक्ने व्यवस्था गरिएको छ ।बजारमा घरायासी प्रयोजनका सामग्रीहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामग्री, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका आर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामान आदि बिक्रीका लागि राख्न सकिने महिला उदाम समितिकी संयोजक प्रतिभा रिजाल ओलीले जानजकारी दिइन् ।