कोही मान्छे आमरण अनसन हडताल बस्छ भन्ने डर राख्नहुन्न : पौडेल

काठमाडौँ । नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको बेतिथिलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले १ खर्व ६२ अर्ब रकम बाहिर गइरहेको भन्दै त्यसलाई रोक्न पनि ऐन संशोधन गर्न जरुरी रहेको बताए ।

‘गत साल मात्र १ खर्व ६२ अर्ब बाहिर गएको छ । यति ठुलो रकम बाहिर गएको छ भने आफैँ कलेज खोलेर चलाएकालाई नियमन गर्ने कुरा कोही मान्छे आमरण अनसन हडताल बस्छ भनेर उसको डरले यसमा किन नल्याइएको होला ।’ उनले यस्ता अप्ठेरा परेका विषयहरू सच्याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले देशमै जनशक्ति उत्पादन गर्न नदिएको बताएका छन् ।

मङ्गलबार, १२ भदौ, २०८०, दिउँसोको ०४:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर