नेकपा एमाले फुटाउन निर्वाचन आयोगले सघायो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा माधव नेपाललाई सघाएको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित जनप्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अदालतले नेकपा फुटाइ दिएको भन्ने भाष्य खडा गरेर प्रचण्डले कम्युनिस्ट पार्टीलाई फुटाएको आरोप समेत लगाए ।

प्रचण्ड नेकपाबाट अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरूको संयुक्त साँठगाँठबाट एमाले फुटेको ओलीको आरोप रहेको छ । ‘अदालतमा गएर मुद्दा हालेर २० प्रतिशतमा फुटाउन मिल्ने भन्ने लाज शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए,’ ओलीले भने ‘एमाले फुटाउन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे ।

माधव नेपाललाई पार्टी तलैसम्म फुटाउने षडयन्त्रमा निर्वाचन आयोगले पनि सघायो ।’

सोमबार, ११ भदौ, २०८०, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर