दाहाल सरकारको ६ महिना : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धि मूलक भएको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ । गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो ९२०७९ पुस ११ गतेदेखि २०८० असार १०गतेसम्मको ०६ महिनाको कार्य विवरण सार्वजनिक गरेको छ।

गठबन्धन सरकारको नेतृत्व सम्हाल्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको दाहाल सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाइका साथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचार सम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएको सम्मलाई ६ महिनाको उपलब्धिको रुमलिएको छ । यस बिचमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि विविध ६ वटा कामलाई ६ महिनाको कार्य विवरणमा उल्लेख गरिएको छ ।

दाहालले सरकारको कार्यभार सम्हालेको ६ महिनामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि गरिएका काममा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहका सरकारमा कडाइको साथ लागू गरिएको,नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइएको,मिटरव्याजी पीडितको समस्या समाधानका लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको पनि उल्लेख गरिएको छ । साथै जाँचबुझ आयोग गठन गरी २३ हजार १ सय १८ उजुरीमाथि कारबाही गरिएको,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा ९ हजार ३ सय ७४ मुद्दा फर्छ्यौट गरेको उल्लेख छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका टोलीले रङ्गे हात २९ जनालाई घुस सहित पक्राउ गरेको देखि भ्रष्टाचार सम्बन्धी विभिन्न कसुरमा ७८ वटा मुद्दा दायर गराई १ अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएकोलाई ६ महिनाको उपलब्धिको रूपमा राखिएको छ ।

सोमबार, ११ भदौ, २०८०, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर