विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङले पाटी पुनर् गठन दिवस मनाएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी मोरङ र महानगर कमिटी विराटनगरले संयुक्त कार्यक्रम गरेर स्थापना दिवस मनाएका हुन ।
स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन गरेर उक्त पाटीले पुनर् गठन दिवस मनाएको हो । जिल्ला अध्यक्ष चन्द्र वीर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भने नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सचिव महेश रेग्मीले गरेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा आधा दर्जन भन्दा बढी नेताले पाटी र सङ्गठनहरूलाई चलायमान बनाएर लैजाने बताएका छन् ।
माघमा हुने केन्द्रीय अधिवेशन अगाडी नै सङ्गठित सदस्यता नवीकरण तथा विस्तार गर्ने काममा तीव्र भएर लाग्ने समेत उनीहरूले निर्देशन दिएका छन् ।
साँझ जनआन्दोलन चोकमा दिवपालि समेत गरेर पुनर् गठन दिवस मनाइएको हो ।