काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरू रहेको बताएका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा उनले, प्रचण्ड र माधवले जनजातिको नाममा हिंसा भड्काउन भूमिका खेलेको आरोप पनि लगाए ।
उफ्रिने किरात राई उफार्ने पुष्प कमल दाहाल र माधव कुमार नेपाल रहको उनको भनाइरहेको छ । ‘प्रचण्ड र माधव नेपालहरूले नेपाली जनताहरूलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउन खोजी रहेका छन् । त्यो काम गर्न हुदैँन् नेपाली जनता लड्नु हुदैँन् । सत्तामा बस्नेहरूले यसलाई सानो विषय मानेका छन् त यसमा सचेत हुनु आवश्यक छ’ उनले भने ।
कोशी प्रदेश नामकरण पछि भएको आन्दोलनको विषलाई लिएर उनले त्यस्तो टिप्पणी गरेका हुन । गत फागुन १७ गते प्रदेशको नामकरण गरिएको थियो ।