गिरिबन्धु टी स्टेटको ५६ सय रोपनी जग्गाको छानबिन गर्नुपर्छ : सांसद खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेटको जग्गाको बारेमा सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले तत्कालीन एमाले सरकारको पालामा गिरिबन्धु टी स्टेटको जग्गा बदनियत राखेर टी स्टेटलाई चलाउन दिएको बताए ।

गिरिबन्धु टी स्टेटको जग्गा बहुचर्चित ललिता निवासको जग्गा प्रकरण भन्दा पनि खतरनाक रहेको भन्दै उनले भने, ‘गिरिबन्धु टी स्टेटको जग्गा झन्डै ६५ सय रोपनी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रहमलुट  गर्ने काम भएको छ यसमा सरकार चनाखो हुनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।’

सांसद खतिवडाले सहरीकरणको नाममा तत्कालीन सरकारले टी स्टेटको जग्गा व्यक्तिको स्वार्थ पूर्ति गर्न ललिता निवास भन्दा ठुलो घोटाला गरेको भन्दै त्यसमा छानबिन गर्नुपर्ने माग गरे ।

उनले भने, ‘२०११ सालमा जग्गा हद बन्दी गरिदा उद्योग धन्दाको निम्ति कम्पनी अन्तर्गत राख्न छुट दिने नीति सरकारले लिएको थियो । २०२९ सालमा गिरिबन्धु टी स्टेटको नाममा  ५०० बिघा जग्गा कायम भएको थियो । उक्त जग्गालाई सहरीकरणको नाममा  कम मूल्यमा बेच्ने र डाँडामा लगेर जग्गा सट्टा भर्ना गर्ने काम भएको छ । २०७८ साल माघ २६गते भूमिसुधार मन्त्रालयबाट मन्त्री प्रधानमन्त्रीको नेतृत्वमा ऐन संशोधन गरेर दफा ११को २ लाई सट्टा भर्ना गर्ने निर्णय गरियो । ०८७ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गरियो । ०२९ पुस ११ मा राजपत्रमा ५०० बिघा भएको जग्गालाई हाल ३४२ बिघा कायम गरेर १५७ बिघा अन्यत्रै लगेर यो कौडीको भाउमा बेचेर व्यक्तिको लाभ र केही मान्छेहरूको लाभको लागि यो ललिता निवास भन्दा ठुलो भ्रष्टाचार गर्ने प्रपञ्च गरिएको छ यसमा छानबिन गर्नुपर्छ ।’

बुधबार, ०६ भदौ, २०८०, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर