काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संसद बन्द गरिएको विषयमा पनि छानबिन हुनुपर्ने बताएका छन ।
बुधबारदेखि खुलेको संसद बैठकमा केसीले साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दा जनताको समस्या उठाउन नपाएको बताएका छन ।
नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै साउन १० गतेदेखि निरन्तर संसद अवरोध गरेको थियो ।
‘कसले बन्द गर्न लगायो, कसले बन्द गर्यो? यसको गम्भीर छानबिन हुनुपर्छ,’ केसीले भने, ‘देश भयकंर संकटमा छ ।, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौं दिनसम्म संसद् बन्द गरीएको थियो । ’