वडाध्यक्षलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश

विराटनगर । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर इलामले अन्तरिम आदेश दिएको छ ।

अध्यक्ष हुकुमसिंह राई भने वडाध्यक्ष अशोक सुब्बालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएर विदेश लागेका थिए । उनले कार्यवहाकको जिम्मेवारी वडाध्यक्षलाई दिएको भन्दै उपाध्यक्ष प्रमिला न्यौपानेले उच्च अदालत विराटनगर इलाममा परमादेशको माग गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।

उक्त मुद्दाको सुनुवाई गर्दै न्यायाधीश सोमकान्त मैनालीले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनू यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा आज आदेश दिएका हुन् ।

अध्यक्ष राईले विदेश भ्रमणको अघिल्लो दिन कमल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक बनाएको चिठी दिएका थिए । उपाध्यक्ष प्रमिला नेउपाने तिवारी कार्यालयमा दैनिक गइरहेको बेलामा राजनीतिक पूर्वाग्रह राखेर काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालार्इ अख्तियारि दिएका थिए । उपाध्यक्ष तिवारी भने नेकपा एमालेबाट निर्वाचित हुन् ।

मङ्गलबार, ०५ भदौ, २०८०, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर