ओलीलाई ज्वरो आएपछि स्थगित भयो सर्वदलीय बैठक

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथका कारण मंगलवार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको हो । ।

संसद् अवरोध खुलाउन मंगलवार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक राखिएको थियो ।

४ बजे प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानुपर्ने भएकाले बैठक स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन । साथै उनले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली पनि अस्वस्थ रहेको जानकारी दिए । गिरीका अनुसार ओलीलाई सामान्य ज्वरो आएको छ ।

सोमवार राति बसेको बैठकले सुन तस्करी सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नेबारे सैद्धान्तिक सहमति गरेको थियो ।

त्यसका लागि सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

सर्वदलीय बैठक स्थगित भएपछि मंगलवार दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि भोलि दिउँसो ३ बजेसम्मका लागि सूचनामार्फत स्थगित गरिएको छ ।

मङ्गलबार, ०५ भदौ, २०८०, दिउँसोको ०३:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर