विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको मत लिएर विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेले निर्लज्जताको पराकाष्टा भएको बताएको छ ।
केन्द्रीय गठबन्धनको निर्देशन अनुसार प्रदेशको गठबन्धनले निर्जलताको पनि पराकाष्टा गरेको नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बताए ।
पूर्वमुख्यमन्त्री नेता सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको समेत बताए । उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको समेत बताए । सर्वोच्च अदालत जाने नजाने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।