पर्सिबाट संसद् खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद् बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् । संसद् अवरोधबारे सिंहदरबारमा नेताहरूसँगको छलफल पश्चात् उनले भोली सम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद् खुल्ने बताए ।

उनले भने, ‘आजको बैठक संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रीय थियो । आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउन सक्नु भएन, आजको छलफलका बारेमा अरूले पनि सल्लाह गर्ने भयो हामीलाई विश्वास छ भोलि सम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला की भन्ने आशा गरेको छु ।
यस्तै उनले सुन प्रकरणको विषयको टुङ्गो सिआईवीले नै लगाउने भन्दै यसमा कुनै दुई मत नभएको पनि बताए ।

उनले भने,‘सुन प्रकरणको सन्दर्भमा सिआइवीले अनुसन्धान गरिरहेको छ, सिआइवीले नै यसलाई टुङ्गोमा पुर्‍याउँछ। अब समग्रतामा यस्तो कार्य फेरि नहोस् भन्नको लागि विमान स्थलमा वा अरू भन्सार कार्यालयहरूलाई छलफल गरेर निष्कर्षमा पु¥याउँने कुरा छ ।’

आइतबार, ०३ भदौ, २०८०, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर